धनकुटा जिल्लामा समुदाय स्तरमा कोरोना तिव्र रुपमा फैलिंदै गएपछि धनकुटा उद्योग वाणिज्य संघले गर्यो यस्तो अपिल

कार्तिक १५,धनकुटा । मौसम परिवर्तन सँगै कोरोना भाईरस (कोभिड-१९) को संक्रमण धनकुटा जिल्लाको समुदाय स्तरमा तिव्र रुपमा फैलदै गएपछि धनकुटा उद्योग वाणिज्य संघले उद्योगी,व्यापारी,व्यावसायी तथा आम जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सूरक्षाका सवै विधि अपनाएर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई सचेत गराएको छ ।

जाडो यामको शुरुवात सँगै जिल्लाको समुदाय स्तरमा कोरोना संक्रमण वढ्दै गएपछि संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै यहाका व्यापारी, व्यवसायी सहित आम जिल्लावासीलाई संवेदनशिल भै स्वास्थ्य सूरक्षाका सम्पूर्ण विधि अपनाएर कोरोना भाईरसको संक्रमणबाट आफु सूरक्षित रहदै अन्यत्र फैलन नदिन आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरेका हुन् । संघले उद्योगी व्यापारीले व्यावासय सञ्चालन गर्दा अनिवार्य रुपमा माक्स,पञ्जा लगाउने र सेनिटाजरले वारम्वार हात धुने, पसलमा आउने उपभोक्तालाई पनि माक्स अनिवार्य रुपमा लगाउन र स्यानिटाईजरले हात धुन लगाई अनिवार्य सामाजिक दूरी कायम गरेर मात्र सरसामा विक्रि वितरण भनेको छ ।

साथै यो भाईरसको फैलिदो संक्रमण नियन्त्रणका लागि जिल्लावासी अझ बढी संवेदनशिल हुन जरुरी रहेको भन्दै संघले अति आवाश्यक काम वोहक घर बाट वाहिर ननिस्किने र निस्कनु पर्ने काम भए पनि माक्स अनिवार्य लगाएर मात्र निस्कन जिल्लावासीलाई अपील गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖