सागुरीगढी गाउँपालिका ८ को विभिन्न सडक खण्ड तिहार अघि सुचारु गरिने
धनकुटा खबर । वर्षातको कारण करिव ६ महिना अघिदेखि वन्द रहेका धनकुटाको सागुरीगढी गाउँपालिका ८ को विभिन्न सडक खण्ड तिहार अघि सुचारु गर्ने सहमति भएको छ ।
सागुरीगढी गाउँपालिका ८ मा आज ८ नं वडाध्यक्ष विनय राई र नेपालि कांग्रेस वडा कार्यसमितिका पदाधिकारी वीच भएको छलफलमा त्यहाँको ढुंगे-केरावारी, सिंकुला-लुखा-केरावारी र कोल्वोटे-गोल्खाडी-लुखा-केरावारी सडक खण्ड तिहार अघि खोल्ने सहमति भएको हो ।
नेपालि कांग्रेस सागुरीगढी गाउँपालिका ८ का वडा कार्य समिति सभापति प्रकाश राईका अनुसार यी सडक खण्ड वन्द हुँदा सो वडाका किसानले उत्पादन गरेका तरकारी जन्य सामाग्री सहित अन्य कृषी उपज वेचविखनका लागि वजार क्षेत्र सम्म लान समस्या हुँदै आएको छ ।
स्थानिय किसान र आम जनताको आवतजावतको समस्यालाई ध्यान दिदै यी सडक खण्ड खोल्न माग गर्दै गत कार्तिक ५ गते नेपालि कांग्रेस वडा कार्य समितिले वडा कार्यलयमा ज्ञापन पत्र वुझाएको थियो ।
आजको छलफलमा सागुरीगढी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष विनय राई सहित वडाका जनप्रतिनीधि,नेपालि कांग्रेस वडा कार्य समितिका सभापति प्रकाश राई, खुडी टोल कमिटी संयोजक दिपसिंह राई, उपसभापति वाल कुमार राई, नेपाल तरुण दलका सागुरीगढी गाउँपालिकाका सचिव राज कुमार राई, तरुणदलका वडाध्यक्ष अभिलाष राई लगायतको उपस्थिती थियो ।


