तिहार नजिकिएसंगै धनकुटामा बजार अनुगमन : मौषमी र झाराटार्ने बजार अनुगमन नहोस्
धनकुटा खबर । धनकुटामा तिहार नजिकिए संगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयूक्त बजार अनुगमन सुरु गरिएको छ ।
चाडपर्व को मौका छोपेर बढि मुल्यमा तथा म्याद नाघेका खाद्यबस्तु बिक्रि गर्नसक्ने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा स्थानिय प्रशासन नगरपालिका उपभोक्ताहित संरक्षण मञ्च, उद्योग वाणिज्य संघले संयूक्त बजार अनुगमन सुरु गरेका हुन ।
उपभोक्ता अधिकारकर्मिहरुले चाडवाडमा मात्र गरिने अनुगमनले उपभोक्ताको हित भन्दा पनी सामान्य औपचारिकता र झारा टार्नेकाम मात्र भएको उपभोक्ता हित संरक्षण मञ्च धनकुटाका अध्यक्ष घनेन्द्र न्यौपानेले बताउनु भयो । उहाँले भन्नु भयो अनुगमन मौषमी र झारा टार्ने मात्र नहोस् नियमित हुनु पर्दछ । यता सरकारी निकायले भने बजार अनुगमन नियमित भईरहेको बताएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा प्रमुख अनुप हलुवाइ भन्नु भयो नियमित प्रकृया अन्र्तगत बजार अनुगमन भई रहेको र चाडपर्वको समयमा बढी मात्रामा खाद्यय बस्तु विक्रि हुने गरेकोले बजार अनुगमनलाई तिब्रता दिएको बताउनु भयो । उहाँले भन्नु भयो मौषमी अनुगमन होइन नियति अनुगमन नै हो ।


