जालपादेवी माबि पाख्रीबासका पूर्ब शिक्षक राईको निधन

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ ।

विगत लामो समयदेखि सुगर रोगबाट ग्रसित राईलाई बिरामीले च्यापेपछि धनकुटा अस्पताल लगिएको र त्यहॉं उपचार सम्भव नहुने भएकोले विराटनगर रिफर गरिएको थियो । त्यहॉं भेन्टिलेटरमा राखेर उपचार गराउंदा गराउंदै वहॉंको निधन भएको हो ।

जालपादेवी माबिमा करिब २६ बर्ष लामो प्राध्यपन गर्नु भएका राईको निधनले एउटा इमानदार आफ्नो बिद्यार्थी र सहपाठी शिक्षक गुमाएकोमा आफु पनि स्तब्ध भएको उक्त माबिका पूर्ब प्रअ गोपाल भट्टराईले बताउनु भयो ।

त्यसैगरि उक्त माबिका बिब्यास अध्यक्ष तथा पाख्रीबास नपा ४ का वडा अध्यक्ष सोवित निरौलाले पनि एक कर्तब्यनिष्ठ,आफ्नो सम्पूर्ण जिवन शिक्षण पेशामै समर्पित अनि सबै बिद्यार्थीका आंखामा राख्दा पनि नबिझाउने साथै म लगायतकालाई शिक्षा दिनु भएका राईको निधनले यस क्षेत्रको शिक्षा क्षेत्रलाई नै क्षति पुराएको भन्दै शोक ब्यक्त गरेका छन् ।

राईको आजै अन्त्यष्टि गरिने छिमेकी तथा शितलादेवी माबिका शिक्षक समन श्रेष्ठले जानकारी दिनु भयो ।

राईको परिवारमा श्रीमति,१ छोरा र २ छोरी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖