धनकुटा सहिदभुमीका किसानलाई गहुँको बिउ र विधुतिय चार्जर स्प्रेयर वितरण
धनकुटा । धनकुटाको सहिदभुमी गााउ पालिका कृषि शाखाबाट पहिलो चौमासिक कार्यक्रम अन्तरगत किसानलाई गहुँको बिउ तथा विधुतिय चार्जर स्प्रेयर ५० प्रतिश अनुदानमा वितरण गरिएको छ ।
गहुँको बिउ अन्तरगत मुनाल,डब्लुके १२०४ र बि. एल.४३४१ जातका १४ सय केजि र बिधुतिय चार्जर स्प्रेयर ५० थान वितरण गरिएको गाँउपालिकाको कृषि शाखाले जनाएको छ ।
गाँउपालिकाको सात वटै वडाका १८ वटा कृषक समुह , सहकारी र कृषि र्फाम गरी जम्मा २ सय घर कृषकलाई वितरण गरिएको कृषि प्राबिधिक खिर प्रसाद राईले बताउनु भयो । साथै हिउदे तरकारी वालिका विउविजनहरु पनि निशुल्क वितरण कार्य सम्पन्न भएको प्राबिधिक राईले बताउनु भयो ।

यो संगै गाँउपालिकाको कृषि शाखाको पहिलो चौमासिकका शत्प्रतिसत कार्यक्रम सम्पन्न भएको कृषि साखाले जनाएको छ ।


