स्थानिय सरकारलाई प्रगति माग्दै नेकपा धनकुटा मोवाईलबाट हैन जनताको घरमा नै पुगेर जनताको सेवा गर्न निर्देशन

नारायण कुमार राई,धनकुटा खबर  । स्थानिय सरकार तथा जनप्रतिनिधिहरुको प्रगति माग्दै नेकपा धनकुटाले आफ्नो मातहतबाट जननिर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरु संग दोस्रो चरणको छलफल आजबाट शुरु गरेको छ ।

पहिलो चरणमा स्थानिय तहका उपाध्यक्ष तथा उप–मेयरहरु संगको छलफल सकेको नेकपाले १३ गते शनिबार महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु संग अन्तरक्रिया गरेको हो ।

नेकपा धनकुटा स्थानिय बिभाग छथर धनकुटाको समन्वय तथा आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको उत्घाटन संघिय सांसद राजेन्द्र कुरमार राईले गर्नुभएको थियो ।

कार्यक्रमको उत्घाटन गर्दै सांसद राईले वर्तमान सत्ता संघियताको पहिलो अभ्यास भएकाले काम गर्न गाह्रो र चुनौतिपूर्ण भएको हुंदा सचेततापूर्वक जनताको काम गर्न निर्देशन दिनुभयो ।

‘नयां संघिगताको अभ्यासमा नबुझेर जनता खुशी नहुन सक्छन्–उहाँले भन्नुभयो ।‘त्यसैले तपाईहरु फोनबाट हैन जनताका घर दैलामा पुगेर जनता खुशी हुनेगरी काम गर्नु होला ।’

जिल्ला पार्टी अध्यक्ष समेत रहनुभएका राईले जननिर्वाचित प्रतिनिधिहरु तथा पालिका सदस्यहरुलाई आउने २ बर्षमा पुनः अहिलेको भन्दा राम्रो नतिजा आउनेगरी जनताको काम गर्न थप निर्देशन दिनुभयो ।

नेकपा धनकुटा स्थानिय बिभाग छथरका अध्यक्ष शिव आङ्ला लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका प्रदेश सदस्य गणेश राई (उज्ज्वल) सभासद् द्वय प्रदेश क.का निरन राई,ख.का ईन्द्रमणि पराजुलीले सरकार सन्चालन र पार्टी पद्दतीका बिषयमा प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक चौहान,गाउँपालिका संयोजक ईन्द्र सारुमगर,जिल्लाका कार्यालय सचिव भिम राई,सचिवालय सदस्य गोमा कार्की(दाहाल) ले अर्धबार्षिक रुपमा यस्ता कार्यक्रम राख्न पर्ने भएपनि पार्टी एकता,कोरोना लगाएतका कारण सम्भव नभएको बिषयमा प्रष्ट्याउनु भएको थियो ।

समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा महालक्ष्मी नगरपालिकाका तर्फबाट क्रमशः वडा नं. १,३,४,६,७,८ र ९ का वडा अध्यक्षहरु टेक बहादुर गुरुङ,भरत कार्की शिव तुम्बा,डम्बर कार्की,रुद्र तुम्बा,राम बहादुर खड्का र बोधनाथ काफ्लेले वडाको प्रगती विवरण राख्नु भएको थियो ।

त्यस्तै कार्यपालिका सदस्यहरु मेलिना निरौला,ईन्दिरा बिश्वकर्मा र मेलिना बिश्वकर्माले वडापालिकामा भएका योजना कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।

त्यस्तै छथर जोरपार्टीका तर्फबाट क्रमशः वडा नं.१,२,३,४,५,६ का वडा अध्यक्षहरु पुखमान आले मगर,कृष्ण मगर,ज्ञान बहादुर लिम्बू,टेकबहादुर घिसिङ,सुरेन्द्र लिम्बू र दिलबहादुर थापाले प्रगती विबरण राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका सदस्यहरु दाकीमु शेर्पा,टिमला श्रेष्ठ,गंगामायाँ लिम्बू र गोमा भण्डारीले पालिकामा भएका कामहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो चरणको कार्यक्रमको समाप्ति संगै अन्तिम चरणमा स्थानिय निकायका मेयर तथा अध्यक्षहरु संग समिक्षा तथा छलफल कार्यक्रम गरिने पार्टीका प्रचार बिभिग प्रमुख नैन बिश्वकर्माले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖