धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ७ को वडा कार्यलय भवनको उद्घाटन

मंशिर १३,धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ७ को वडा कार्यलय भवनको उद्घाटन गरिएको छ ।

गाउँपालिकाको वहुवर्षे योजना अन्र्तगत ८६ लाख लागतमा चाम्चा भन्ने स्थानमा निर्मित हल सहितको दुई तले ९ कोठे प्रसाशासनिक भवनको शुक्रवार उद्घाटन गरिएको हो ।

७ नं वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश सांषद निरन राई र गाउँपालिका अध्यक्ष मनोज राईले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई,वडाध्यक्षहरु,स्थानिय वुद्धिजीवि र सर्वसाधारणको उपस्थिती थियो ।

यो भवनमा आम जनताले सहज र सुविधाजनक रुपमा प्रशासनिक सेवा लिन पाउनेछन् । ५ नं वडा कार्यलयको यही १५ गते उद्घाटन गरिने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।