‘स्मार्ट भिलेज’ बन्दै धनकुटा नगर क्षेत्रका गाँउ (भिडियो सहित)
धनकुटा । नेपाललाइ कृषि प्रधान मुलुक भन्ने गरेपनि खेती प्रणाली आधुनीकता तर्फ खासै अघि बढ्न सकेको छैन । नगन्य कृषक बाहेक अधिकाशं कृषक अहिले पनि निर्बाहमुखी खेती गदै आएका छन् । तर धनकुटा नगरपालिकाले युएनडिपी संगको सहकार्यमा स्मार्ट भिलेज कार्यक्रम सुरु गरेको छ । जसले गाँउको मुहारै फेरेको छ ।
धनकुटा नगरपालिकाले युएनडिपि सगको सहकार्यमा तथा पर्डेप नेपालको ब्यबस्थापनमा यो बर्षवाट “स्मार्ट भिलेज” कार्यक्रम सुरु गरेको छ । युएनडिपिको एक करोड १३ लाख र धनकुटा नगरपालिकाको ५० लाख रुपैया गरी कुल १ करोड ६३ लाख रुपैयामा नगर क्षेत्रका वडा नम्बर एक, दुइ, तिन र दशका गरी कुल ६ सय दश घर धुरीमा पहिलाे बर्ष यो कार्यक्रम लागु गरीएको थियाे ।
जहाँ टनेल घर, प्लाटिक पोखरी, मिनि टिलर, गाइ बस्तुको पिसाब संकलन गर्ने ट्याङ्की, होम बायो ज्ञास प्लान्ट, वाइफाई, सरसफाइ सम्बन्धि तालिम, गोठ ब्यबस्थापन सम्बन्धि कार्यक्रम गरिएको छ । यसले कृषकहरुको ब्यवसायिक खेति प्रति आकर्षण बढेको पर्डेप नेपालका कार्यक्रम संयोजक मीन प्रसाद सुबेदीले वताउनु हुन्छ ।
टनेल हाउस निर्माण पछि यो क्षेत्रका कृषकले समेत गोलभेडा फलाउन सफल भएका छन् । त्यस्तै बेमौसमी तरकारी, तथा काक्रा फलाउन समेत कृषक सफल भएका छन् । पहिले सिचाइ समस्या भएका ठाँउमा अहिले कृषकलाइ प्राय समस्या छैन । किनकी कृषकले प्लाष्टिक पोखरी निर्माण गरी थोरै थारै आउने पानी जम्मा गरी आबश्यक्ता अनुसार सिचाइ गर्ने गरेका छन् । गाँउगाँउमा वाइफाइ समेत बितरण गरिएको छ ।
गाँउमै नेट उपलब्ध भए पछि कृषकले आफ्नो उत्पादनको बजार मुल्य, बजार, बिभिन्न रोगकिरा नियन्त्रणको उपाय नयाँ नयाँ प्रबिधिको बारेमा घरमै बसेर जानकारी लिन सहज भएको धनकुटा नगरपालिका बडा नम्बर एकका कृषक देब राइको भनाइ छ ।
पहिले पहिले अब्यबस्थीत हुने गोठ कृषकले आफ्नो अबस्था अनुसार कृषक आफैले ब्यबस्थीत गर्न थालेका छन् । घर र घर बरीपरी हुने फोहोर समेत ब्यबस्थीत गर्न थालेका छन् । जसले गाँउ धेरैनै सफा देख्न पाइन्छ । दश महिनाको यो कार्यक्रमले कार्यक्रम लागु भएको क्षेत्रमा धेरैनै परिबर्तन ल्याएको छ । जसले सरसफाइ संगै वाताबरण सन्तुलन राख्न मदत गर्ने धनकुटा नगरपालिकाका बाताबरण शाखा प्रमुख उपेन्द्र खनालको भनाइ छ ।
कार्यक्रम प्रभाबकारी भएकाले नगरको ग्रामीण क्षेत्रका सबै घरधरीमा सहयोगी संस्था संगको सहकार्यमा आगामी दिनमा पनि यो कार्यक्रम थप गदै लैजाने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग बताउनु हुन्छ ।
आधुनिक खेती प्रणालीको लागि उच्चतम प्रबिधिको प्रयोग आबश्यक हुन्छ । यी कार्यक्रम लागु भएका गाँउ अहिले अन्य गाँउको तुलनामा नितान्त फरक देख्न पाइन्छ । सिचाइ सुबिधा, टनेल खेति, यान्त्रीक हलो र नेटको माध्यमबाट कृषकलाइ खेती गर्न धेरैनै सहजमात्र भएको छैन थारै ठाँउवाट सहजै तरीकाले बढि आम्दानी समेत लिन सफल भएका छन् ।
साे कार्यक्रम याे बर्ष पनि सञ्चालन छ । याे बर्ष करिब १५ सय घर धुरीमा लागु हुने छ ।


