धनकुटा महालक्ष्मी नगरपालिकाको जीतपुरमा अस्पताल शिलान्यास
धनकुटा खबर । महालक्ष्मी नगरपालिकाको जीतपुर धनकुटामा १० बेडको अस्पताल शिलान्यास गरिएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल बनाउँने सरकारी योजना अनुसार महालक्ष्मी–७ जीतपुरमा पनि अस्पताल निर्माण गरिने भएको हो ।
अस्पतालको संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उप–मेयर मञ्जु अधिकारी, महालक्ष्मी–७ का वडाध्यक्ष रुद्र तुम्वा लगायतले भवन निर्माणस्थलमा ईटा राखेर संयुक्त रुपमा सिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै सांसद राईले सरकारले गाउँ–गाउँमा अस्पताल निर्माण गर्ने जनमुखी काम अघि बढाएकाले यसले जनतालाई धेरै फाईदा पुग्ने बताउनुभयो ।
अस्पताल निर्माण गर्न १५ रोपनी जग्गा उपलब्ध गराउँने जग्गादाताहरु मेयरमान भण्डारी, रुद्र तुम्वा, चन्द्रकला तुम्वा, भीममाया भण्डारी र बिखल तुम्बालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
१० करोडको लागतमा निर्माण हुँने सो अस्पताल दुई बर्ष भित्रमा सञ्चालनमा आउँने महालक्ष्मी नगरपालिकाका मेयर नेपालले जानकारी दिनुभयो ।


