‘सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण छ’ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

‘कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखि कामहरू अगाडी बढाइरहेको बताईन् । उनले महिला स्यवंसेविकाहरूलाइ उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गरिन् ।

उनले महानगरका अधिकांश वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रहरू संचालनमा आइरहेको जानकारी दिदै स्वास्थ्यकेन्द्र नभएका वडाहरूमा आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाउनेमा जोड दिइन् । कार्यक्रममा समुदायको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै उनले साइकल वितरण गरिन् ।

बिगत लामो समय देखि यस वडामा स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरिरहेका ७ जनालाइ महानगर प्रमुख दाहालले साईकल वितरण गरेकी थिईन् । उनले आउदा दिनहरूमा यहाँको सेवालाइ अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै महानगरपालिकाले महानगरको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरी यस क्षेत्रको गुणस्तरिय सेवा प्रवाहमा लागिरहेको धारणा राखिन् ।

शिवनगर स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ श्य्याको सुबिधा सम्पन्न अस्पतालको रूपमा बिकास गर्न महानगर लागिपरेको बताउदैं उनले त्यसका लागि संघिय सरकारसंग बजेट माग गरिएको जानकारी दिईन् । उनले कोरोना भाइरसको महामारीसंग जुध्न महानगरले उल्लेख्य ढंगले काम गरिरहेको र यसको निदान नहुदा सम्म गरिरहने प्रतिबद्दता व्यक्त गरिन् ।

प्रमुख दाहालले लैगिक हिसां बिरूद्दको १६ दिने अभियान अन्तर्गत महानगरले विविध सचेतनामुलक कार्यक्रमहरू अगाडी बढाईरहेको भन्दै कुनै पनि प्रकारका हिंसा आफूलाई स्वीकार्य नहुने बताइन् । भरतपुर महानगरपालिका वडा न १४ का वडाध्यक्ष ओम प्रकाश पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा न १४ का अध्यक्ष बाबुराम दाहाल, नेपाली काँग्रेसका प्रतिनिधी बन्दसिहं गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै यस स्वास्थ्य केन्द्रलाइ सुविधा सम्पन्न बनाएर गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउन सबैको सक्दो सहयोग गर्नुपर्नेधारणा राखेका थिए । स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. बिबेकराज पौडेलले स्वास्थ्य केन्द्रले समुदायमा पु¥याएका सेवाहरु र केन्द्रका समस्याहरूको बारेमा जानकारी गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।