धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र ग्रामिण उद्यम तथा विप्रेशण परियोजना (समृद्धी) को सहयोगमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम आज सम्पन्न भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघको श्रोत साधन एवं वितिय व्यवस्था,समाजिक समावेशीकरण तथा लैङ्गिक समानता,कार्यक्रम र योजना,आन्तिरक संगठन,ज्ञानको व्यस्थापन एवं सेवाको गुणस्तर,पैरवि,कार्यसमिति एवंकर्मचारीहरुको उत्पे्ररणा र प्रतिद्धता,व्यवसाय सेवा केन्द्रको व्यवस्थापन र कार्यन्वयन र जिल्ला वा क्षेत्रमा सरोकारवालाहरुसँगको समवन्ध विषयमा कृषि उद्यम केन्द्र ग्रामिण उद्यम तथा विप्रेशण परियोजना९समृद्धी०का कार्यक्रम अधिकृत अरुण श्रेष्ठ, सहजकर्ताहरु पवन दास, प्रमोद कुमार महतो र राजु शर्माले सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यहरु खगेन्द्र विष्ट,महिला उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु नविन श्रेष्ठ,नगेन्द्र काफ्ले,अम्विका धमला,भीम खेवा लिम्बु,रिदम श्रेष्ठ,उज्वल कर्माचार्य,सुनिता थापा,कार्यालय सचिव सिचन प्रधान,कर्मचारीहरु मुकेश राई,मनिष श्रेष्ठ,नवराज श्रेष्ठ लगायतले धनकुटा उद्योग बाणिज्य संघको वर्तमान अवस्था र भावी कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।


