नियमित पढाई र क्यान्सरबाट बचाउन प्याड बितरण

नारायण कुमार राई,धनकुटा । आफ्ना गाउँपालिकाका छात्राहरुलाई नियमित पढाई र पाठेघरको मुखको क्यान्सरबाट बचाउन छथर जोरपाटी गाउँपालिका धनकुटाले आफ्ना सामुदायिक बिद्यालयहरुमा सेनिटरी प्याड बितरण शुरु गरेको छ ।

महिनावरी भएको बेला प्याडको अभावमा बिद्यालय नआउने र उचित प्याड प्रयोगको अभावमा भविष्यमा देखिने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यस्तो अभियान थालिएको पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाका २८ सामुदायिक बिद्यालय मध्ये १० बर्ष देखि माथिका छात्राहरुका लागि कक्षा ५ देखि कक्षा १२ सम्मका १३ वटा बिद्यालयहरुमा उक्त प्याड बितरण कार्यक्रम शुरु गरिएको हो ।

चालु आव(यस बर्ष) बाट ३ बिद्यालयहरुबाट शुरु गरिसकिएको उक्त कार्यक्रम आउने पौष महिनाको पहिलो हप्ता भित्र सकिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
१३ बिद्यालयका ८ सय ७६ छात्राहरुलाई मासिक २ वटाको दरले जम्मा १० हजार ५ सय १२ वटा प्याड बितरण गरिनेछ ।
आवश्यक परेमा कक्षा ५ भन्दा मुनिका कक्षाहरुमा १० बर्षका छात्रहरुलाई भएमा उनीहरुलाई पनि प्याड उपलब्ध गराईने छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सन्चालन गरिएको यस कार्यक्रम आगामी दिनहरुमा पनि निरन्तर रहने छथर जोरपाटी गाउँपालिकाले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖