यु द्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पु¥याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले जनाएको छ ।

करिब दर्जन बढी सर्जकहरूले सिर्जना गरेका गीतहरू सङक्लन गर्ने र धमाधम सङ्गीत भर्ने काम भइरहेको महासङ्घले जनाएको हो । इको साहित्य र युद्ध साहित्यलाई प्रबद्र्धन गर्दै जनस्तरसम्म संवेदनशील विषयवस्तुसँग अवगत गराउन महासङ्घ गीति परियोजनामा काम गरिरहेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार परियोजनको जिम्मा उपाध्यक्ष एवम् सङ्गीतकार थिर थापा मगरले गरिरहेको बताए । ‘संस्थाको बैठकले रचना सङ्कलनदेखि सङ्गीत संयोजन गर्ने गरी उनलाई काम तोकेको छ,’ अध्यक्ष हितानले भने । उनले परियोजनाको प्राविधिक एवम् व्यवस्थापकीय पक्षबारे आगामी बैठकले निर्णय गर्ने बताए ।

यसैगरी, शनिबार बसेको दोस्रो बैठकले आगामी वर्षको जनवरी ३ तारिखमा १२६ औँ मास्टर मित्र सेन थापा जयन्ती समेत मनाउने निर्णय गरेको छ । सैनिक जीवन त्यागेर कला, साहित्य र लोक सङ्गीतमा लागेका मित्र सेनको कृतित्व र व्यक्तित्वको स्मरण गर्न यूके, नेपाल, भारत लगायतका मुलुकरूबाट सम्मिलित सर्जकहरूको अन्तर्राष्ट्रिय साहित्यिक विमर्श राख्ने अध्यक्ष हितानले सुनाए । सो कार्यक्रममा मास्टर मित्र सेनको युद्ध साहित्यबारे चर्चा परिचर्चा हुने बताए । सेनका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘मलाई खुत्रुक्कै पा¥यो जेठान’, ‘गोर्खाली भयो’ लगायतका गीतहरू चर्चित छन् । बैठकले गत नोभेम्बर ७ तारिखमा पप्पी डेको पूर्वसन्ध्यामा आयोजना गरेको युद्ध साहित्य गोष्ठीको पनि समीक्षा गरेको थियो ।

बैठकलगत्तै, दोस्रो चरणअन्तर्गत भएको साहित्यिक भेटघाटमा संस्थाका सदस्य एवम् कथाकार टीमाया राईद्वारा लिखित ‘गन्तव्य’ कथा सङ्ग्रहको पनि विमोचन गरिएको थियो । हस्तबहादुर राईले प्रकाशन गरेको सङ्ग्रहमा २५ कथाहरू सङ्कलित छन् । आसफोर्डनिवासी राईले यसअघि गीति एल्बम सङ्ग्रह ल्याइसकेका छन् । विमोचित कृतिउपर कवि लाहाङ चेम्जोङले समीक्षा गर्दै पुस्तकमा प्रवासीको पीडादेखि यौन मनोविज्ञानसम्मका विषयहरू कथाहरूमा समेटिएको धारणा राखे । विनेसाम वेस्ट यूके शाखाका पदाधिकारी र सदस्यहरू समेत जुममार्फत जोडिएको कार्यक्रमको अन्तिम सत्रमा विभिन्न स्रष्टाहरूले सिर्जना वाचन गरे । साढे दुई घण्टे अवधिसम्म चलेको कार्यक्रममा गोमा राना, थिर थापा, औँतारी साइला, किरण चाम्लिङ, जित बूढाथोकी छन्त्याल, जानु काम्वाङ लिम्बु, लाहाङ चेम्जोङ, नानू थापा, खेम गुरूङ, अमित थेवे, विजय हितान र लाल सुन्दर राईले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरे । केही साताअघि मात्रै अधिवेशनबाट नयाँ कार्य समिति गठन भएको वेस्ट यूके शाखासँग साक्षत्कार गर्न पनि कार्यक्रम आयोजना गरिएको सञ्चालक विनेसाम साउथ यूकेका सचिव अमित थेवेले जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।