छथर जोरपाटीको ताँखुवा र तेलियामा २ बिद्यालय भवनको संघिय सॉंसद राई द्वारा उद्घाटन

नेकपाको सरकार आएपछि गाउँगाउँमा सडक र बिकासका पूर्वाधार बनेकोले अब मोटरसाईकल हैन ट्याम्पु किनेर चलाउनुस्

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ताँखुवा र तेलियामा २ वटा मा.बि.बिद्यालयको निर्माण पुरा भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण(शिक्षा) जिल्ला आयोजना समन्वय इकाई धनकुटाद्वारा निर्मित उक्त २ भवनको सोमबार एकै दिन धनकुटाका संघिय सांसद माननिय राजेन्द्र कुमार राईले उद्घाटन गर्नुभएको छ ।

वडा नं. ३ को सरस्वती मा.बि.ताँखुवा र वडा नं. ४ को तेलेश्वर मा.बि.तेलियामा निर्मित उक्त ४-४ कोठे २ तले भवनको छुट्टाछुटै कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पुरानो शिक्षाले देश र शिक्षा क्षेत्रको बिकास नहुने भएकाले चुनाव हुन अघि कम्युनिष्ट पार्टीले गरेको घोषणा अनुरुप शिप,श्रम र रोजागरमुलक ब्यबसायीक शिक्षा निति तथा सुधार कार्यक्रमहरु ल्याईएको प्रष्ट पार्नुभयो ।

फरक प्रसंगमा राईले नेकपाको सरकार आएपछि गाउँगाउँमा सडक र बिकासका पूर्वाधार बनेकोले अब मोटरसाईकल हैन ट्याम्पु किनेर चलाउन सुझाव दिनुभयो ।

आफ्नो ठाउँ र देश बिकास गर्ने जिम्मा स्थानिय यूवाहरुको भएकाले अब यूवाहरुले मोटरसाईकल किन्नु भन्दा टेम्पु किनेर सबैको लागि सेवा दिने खालको नमुना काम गर्नुपर्ने धारणा राख्नु भयो ।

‘अहिले मोटरसाईकल पुग्ने ठाउँमा टेम्पु सजिलै पुग्ने भएको छ । त्यसैले टेम्पु किनेर आफू र अरुलाई सेवा दिने काममा लाग्नुहोस् ।’–उहाले भन्नु भयो ।

उहाँले जनतालाई संधै शिरमा राखेर काम गरिरहेकोले आफू शासक नभएर जनताहरुको सेवक बनेर जनताका लागि केन्द्रमा अहोरात्र काम गरिरहेको जानकारी दिनुभयो ।

वडा नं. ३ मा निर्मित सरस्वती मा.बि.को भवन ६७ लाख ६६ हजार ७८० रुपैया र वडा नं.४ निर्मित तिलेश्वर माबि.को रु ३६ लाख लागतमा भवन निर्माण गरिएको हो ।

वडा नं.३ का अध्यक्ष तथा सरस्वती मा.बि.बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न उत्घाटन कार्यक्रममा बिद्यालयका प्र.अ.हरी काफ्लेले बिद्यालयको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै वडा नं.४ का अध्यक्ष तथा तिलेश्वर मा.बि. ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर घिसिङ्गको अध्यक्षतामा सम्पन्न उत्घाटन कार्यक्रममा बिद्यालयका प्र.अ. लोकन्द्र भण्डारीले बिद्यालयको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टंक चौहान,सदस्य शिब आङ्ला लिम्बू,छथर जोपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राईको उपस्थिति रहेको थियो ।

राजनैतिक दलका तर्फबाट नेकपा छथरजोरपाटी पार्टी ईन्चार्ज बिष्णु पारघरी,अध्यक्ष ईन्द्र सारु मगर लगाएत बिभिन्न दल,वडा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।