धनकुटामा पनि सरकारको विरुद्धमा प्रर्दशन
धनकुटा खबर । धनकुटामा पनि सरकारको विरुद्धमा प्रर्दशन भएको छ । नेपाली कांग्रेस धनकुटाले केन्द्रको निर्देशन अनुसार धनकुटामा समेत सरकारको बिरुद्धमा प्रदर्शन गरेको हो ।
कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन भिमनारायण स्मृति भवन बाट सुरु भई बजार परिक्रमा गरि बसपार्कमा गएर विरोध सभामा परिणत भएको थियो । विरोद्ध सभा लाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले सम्बोधन गर्दे अहिलेको सरकारको नालायकी र जनता विरोधी गतिविधी रोक्नका लागि कांग्रेस सडकमा आएको बताउँनु भयो ।
उहाले भन्नु भयो सरकार अहिलेले आँखामा लगाएको पर्टी खोलेर जनताको चाहना अनुसार काम गर्ने दवाब दिनका लागि कांग्रेसले आन्दोलन थालेको बताउँनु भयो । उहाँले सरकारका मन्त्री र पाटीका उच्च नेताहरुको नाम भ्रष्टाचार संग जोडिदा समेत नेता र सरकार बचाउँका पक्षमा लाग्नु दुखद रहेको बताउँनु भयो ।
कार्यक्रमा बोल्दै निवर्तमान प्रदेश प्रमुख डा. गोबिन्द तुम्वाले सरकारहर कुराले असफल भएको र अहिले प्रधानमन्त्री भ्रष्टाचारको अन्त्य र सुसासन ल्याउन भन्दा पनि जनता लाई उखान टुक्का भनेर हसाँउन थालेको देख्दा आश्चार्य लागेको बताउँनु भयो ।
विरोध सभा लाई नेपाली कांग्रेसका आमन्त्रित केन्द्रय सदस्य मनोहर नारायण श्रेष्ठले सम्बोधन गर्दे सरकारका कदमले जनता लाई लोकतन्त्रको रक्षाका लागि सडकमा आउन बाध्य बनाएको बताउँनु भयो ।
कार्यक्रलाई प्रदेश सभा सदस्य लिला सुब्बा लगायतले सम्बोधन गर्नु भएको थियो कार्यक्रको स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका कोषध्यष दिनेश राईले गर्नु भएको थियो भने कार्यक्रको संचालन सचिव विजयसन्तोषी राईले गर्नु भएको थियो । कार्यक्रम पाटी सभापती अग्नी पौडेलको सभापतितवमा भएको थियो ।


