थारु गुरौका ज्ञान संरक्षण गर्न माग

चितवन । थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधि संरक्षण गर्ने ध्येयले सौराहामा थारु गुरौको भेला सम्पन्न भएको छ । थारु आयोग चितवनद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

थारु समुदायमा सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जङ्गली जनावरबाट बच्न र बचाउन गुरौको परम्परागत ज्ञानकै सहारा लिने गरिएको छ । “हामीले लकडाउन र क्वारेन्टिन विभिन्न महामारीको समयमा सयौंवर्षदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौँ” सहभागी गुरौहरुले भने । उनीहरुले परिवार नियोजनको लागि जडीबुटीकै सहयोग लिने गरेको जानकारी दिए ।

सामान्य रोगव्याधिदेखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत रोगको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन् । उनीहरुले थारु परम्परागत ज्ञान, सीप र प्रविधि व्यावसायिकरण र पुस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरे ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गुरौका ज्ञान, सीप र प्रविधि संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण गर्न आयोगले पहल गरिरहेको जानकारी दिए ।

थारु कल्याणकारिणी सभाका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनीतिक पहँुच वृद्धि हुने कार्यक्रमलाई सबैभन्दा प्राथमिकताका साथ अगाडि लैजान सुझाव दिए ।

थारु कल्याणकारिणीसभा नवलपरासीका सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भएतापनि सरकारले कानूनी मान्यता दिन नसक्दा लोप हुन लागेको गुनासो गरे । थारु आयोगका उपसचिव अञ्जुसिंह केसीले कार्यक्रमको औचित्यबारे र उपसचिव पद्मनिधि सोतीले आयोगबारे जानकारी प्रस्तुत गरेका थिए ।

साहित्यकार डा. कृष्णराज सर्वहारीले थारु गुरौका ज्ञान, सीप र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖