छथर जोरपाटी गाउँपालिकाको सल्लेमा सॉंसद राईद्बारा बिद्यालय भवन उद्घाटन

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सल्लेमा २ तले पक्की बिद्यालय भवन निर्माण गरिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण(शिक्षा) जिल्ला आयोजना समन्वय इकाई धनकुटाद्वारा निर्मित उक्त भवनको मंगलबार धनकुटाका संघिय सांसद माननिय राजेन्द्र कुरमार राईले उद्घाटन गर्नुभएको छ । वडा नं. २ को लक्ष्मी मा.बि.को उक्त ४ कोठे भवन प्राधिकरणको ६७ लाख २६ हजार लागतमा निर्माण गरिएको हो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णकुमार मगरको अध्यक्षतामा सम्पन्न उत्घाटन कार्यक्रममा बिद्यालयका प्र.अ.बेगबहादुर सिंजालीले बिद्यालयको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा छथर जोपाटी पाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, राजनैतिक दलका तर्फबाट नेकपा जिल्ला सचिवालय सदस्य सावित्रा राई,नेकपा छथरजोरपाटी पाटी अध्यक्ष ईन्द्र सारु मगर नेपाली कांग्रेसका प्रतिनिधि पत्राखर पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

२०३६ सालबाट सन्चालित उक्त बिद्यालयमा बनेको भवनबाट बिद्यालयका ३०८ बिद्यार्थीहरु लाभाम्बित हुने बिद्यालयका शिक्षक दिपक भुजेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।