मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव, धेरै काम रोकिए

सुर्खेत /कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताए ।

“हामीसँग छ जना उपसचिवको दरबन्दीमा एक जना उपसचिव मात्र हुनुहुन्छ”, उनले भने, “अधिकृतलगायतका अन्य कर्मचारीको पनि त्यस्तै अभाव छ, जसका कारण धेरै काम रोकिएका छन ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएका कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोकसेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अगाडि बढाउने तयारीमा सरकार लागेको मल्लले जनाए ।

सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उनले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजाने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖