६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् ।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए । उनले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

आपत्कालीन अवस्थामा सहयोग गर्न रु एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनको बताए । पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले जानकारी दिए ।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताए । त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताए ।

समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनको टिप्पणी थियो । छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनले बताए ।

महासङ्घको जग भनेको जिल्ला शाखा भएकाले शाखा जति मजबुत हुन्छ, त्यति नै बलियो हुने भन्दै जिल्लालाई सबै अधिकार दिएर बलियो, जवाफदेही र जिम्मेवार बनाउने काममा केन्द्र लागिरहेको उनको भनाइ छ । उनले भने, “नागरिकको अगुवा संस्थाले केही पनि नलुकाउने र हरेक जिल्लाले वेबसाइटमा राख्ने काम हुनेछ ।” त्यसका लागि सबै जिल्ला शाखाको आफ्नै भवन बनाउने र पत्रकारको हकहित र अधिकारका लागि गर्नुपर्ने सबै काम जिल्लाबाट नै हुनेगरी प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

त्यसको निगरानी प्रदेशले गर्ने र नीतिगत कुरामा केन्द्रले लबिङ गर्ने उनको भनाइ छ । पत्रकार महासङ्घको सबै जिल्ला, प्रदेश र केन्द्र बलियो हुँदा सङ्घीयता पनि बलियो हुने र सरकार पनि बलियो हुने भएकाले सबैलाई बलियो बनाउन सरकारसँग छलफल भइरहेको हुँदा त्यसका लागि महासङ्घ केन्द्रीय समिति अघि बढिरहेको उनले बताए ।

सो क्रममा उनले महासङ्घकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर न्याय दिलाएको बताए । पत्रकारका हकहितको पक्षमा सम्झौताहीन ढङ्गले लडेर उहाँहरुको पक्षमा काम गरिरहेको बताए । कार्यक्रममा जिल्ला शाखामध्येमा काभ्रेपलाञ्चोक शाखा उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।