धनकुटाको चौबिसेमा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा !
धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकामा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला आयोजना कार्यन्वय इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले निजी आवास पुन निर्माणको अबस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

समिक्षा कार्यक्रमा चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,चौबिसे गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जितमान जिमी लगायतले कार्यक्रका वक्ताहरुले निजी आवास पुन निर्माण लाई छिटो भन्दा छिटो पूर्णता दिनु पर्ने कुरामा जोड दिएको कार्यक्रम संयोजक हरिबहादुर लम्जेलले जानकारी दिनु भयो ।
कार्यक्रमा चौबिसे गाउँपालिका वडा अध्यक्ष वडा सचिव लगायत सरोकार वलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कविराज घिमिरेले गर्नु भएको थियो ।


