जिल्ला प्रहरी कार्यालय धनकुटाले हराएका मोवाईल वरामद गरी मोवाईल धनिलाई वुझायो
धनकुटा खबर । विभिन्न स्थानबाट फरक फरक मितिमा हराएका मोवाईल वरामद गरी जिल्ला प्रहरी कार्यलय धनकुटाले मोवाईल धनिलाई वुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ९ वटा मोवाईल फोन खोजतलास गरी मोवाईल धनि लाई बुझाईएको हो ।
सुनसरी ईनरुवा नगरपालिका १ का लास्की बाबु कार्की, धनकुटा नगरपालिका ७ का फुल माया शेर्पा,सोही स्थानका गणेश श्रेष्ठ र प्रितिका राई, धनकुटा नगरपालिका ८ का डिक राम राई, पाख्रिबास नगरपालिका ५ का बिमन सिंह तामाङ, पाख्रिबास ८ का प्रकाश तामाङ लगायतको मोवाईल वरामद गरी मोवाईल धनिलाई वुझाईएको प्रहरीले जनाएको छ ।


