‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन ।

आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिए ।

आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोरोना माहामारीबाट सबैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउँदै खेलकूद सङ्घसंसको नेतृत्व राजनीतिक भागबण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताए । प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीले दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा र निर्णायक सम्बन्धमा प्रशिक्षण लिने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖