सबैलाई गोलवद्द रहन नेकपा धनकुटाले ग¥यो अपिल

धनकुटा खबर । पार्टीको आन्तरिक बिवाद बढिरहेको बेला नेकपा धनकुटा जिल्ला कमिटीले सबैलाई संयमित भएर गोलवद्ध रहन अपिल गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईको अध्यक्षतामा पत्रकार सम्मेलन गर्दै नेकपाले उक्त अपिल जारी गरेको हो ।

‘भरखरै मात्र संघिय संसद बिघटन भएको छ,अन्योल र नैरस्यताको यो घडिमा जिल्ला पार्टी पङ्ती,कार्यकर्ता,जननिर्वाचित जनप्रतिनिधि,सुभेच्छुक र आम जनसमुदायमा संयमित भएर धैर्यधारण गर्न अपिल गरिन्छ ।’–अपिलमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष राईले जस्तोसुकै बिसम परिस्थिति आएपनि धनकुटा जिल्ला पार्टी एक भएर गोलवद्ध भई अगाडि बढ्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेकपा प्रदेश सदस्य गणेश राई(उज्ज्वल) प्रदेश ‘क’का सभासद् तथा कार्यलय सदस्य निरन राई,कार्यालय सदस्य तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, कार्यलय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान,कार्यलय सदस्य भीम राई,कार्यालय सदस्य तथा नेकपा स्थानिय बिभाग प्रमुख शिव आङ्ला लिम्बू,कार्यालय सदस्य नैन बिश्वकर्मा,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।