धनकुटामा नेपाली कांग्रेसको पक्षमा बढ्दै जनलहर
धनकुटा । धनकुटामा नेपाली कांग्रेसको पक्षमा बढ्दै गएको जनलहर सँगै धनकुटा नगर क्षेत्रमा नेकपा र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गर्दै हजारौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।

जसअनुसार धनकुटा बजारमा आयोजित कार्यक्रममा राप्रपा धनकुटाका जिल्ला कार्यसमितिका पूर्व सदस्यहरु,भूपेन्द्र कटुवाल,शेर वहादुर शाही,शान्ति खड्का,कुमार खनाल,शिलु राई, यज्ञ कार्की,लक्ष्मण तामाग,अर्जुन कार्की,किरण ठकुरी,राजकुमार राई,सचिन राई,कमल राई,प्रेम वहादुर राई ,बल बहादुर राई,निशा राई,टिका प्रसाद गुरगाई,कमल दलार्मी,शिव वहादुर भूजेल,दल वहादुर वस्नेत,लिला वहादुर वस्नेत,राम वहादुर घिमिरे, राजन राई,हिमा वाग्ले,गणेश घिमिरे,शुवास वाग्ले,रेनुका राई,नविन कार्की,गोकुल लाल श्रेष्ठ,नरेन्द्र कुमार श्रेष्ठ,गोविन्द्र प्रसाद मौनाली,विजय लिम्बु,खड्ग प्रसाद खतिवडा,राजेन्द्र श्रेष्ठ,निर्मला राई,लक्ष्मी परियार,शि प्रधान,किरण मास्के, धन वहादुर श्रेष्ठ,शालिग्राम पौडले,पवित्रा वस्नेत, बम वहादुर श्रेष्ठ,कल्पना दाहाल,केशव श्रेष्ठ,प्रेम वहादुर ढगोल,मुकेश मगर ,जय वहादुर भुजेल,भनेन्द्र वस्नेत, किशोर भण्डारी,बालकृष्ण विष्ट,इश्वर वस्नेत,कुमार पाख्रिन ,गणेश वहादुर थापा तिलक विक,नगेन्द्र पाण्डे,चक्र कार्की, पदम वहादुर कार्की लगायत १ हजार २ सय २३ जना र नेकपाबाट रचिन राई,बिनोद राई,जिवन राई सन्जीव राई,चक्र राई,प्रदिप राई,रेणुका वस्नेत,मन कुमार राई चन्द्र राई,हर्कक र्रा अनिल राई राम वस्नेतल,लिा राज राई कुल वहादुर राई लगायत १ सय ५ जना गरी जम्मा १ हजार ३ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका नेपली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाले अव नेपाली कांग्रेसको जीत सुनिश्चित भएको वताउनु भयो । त्यस्तै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले परिर्वतनको शक्ति भएको वताउनु भयो ।
कार्यक्रममा पार्टीका जिल्लासभापति अग्नी प्रसाद पौडेल, प्रदेश नं १ सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य लगायतले अव फेरी नेपाली काग्रेसले जनताको मन र मत जित्दै मुलुककै ठूलो र शक्तिशाली पार्टी हुने वताएका थिए ।
पार्टीका नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटा नगरका पूर्व सभापति गोविन्द्र वाग्लेले राख्नुुभएको थियो भने सञ्चालन सचिव सिताराम न्यौपानेले गर्नु भएको थियो ।
नव प्रवेशीहरुको तर्फबाट राप्रपा धनकुटाका पूर्व जिल्ला सदस्यहरु यज्ञ कार्की,मिन कार्की,मुना पोखरेल,भुपेन्द्र कटुवाल र शान्ति खड्काले मन्तव्य राख्दै देशमा कांग्रेसको विकल्प नभएकोले अफुहरु यही पार्टीमा प्रवेश गरेको वताएका थिए । उनिहरुलाई टिका, अवीर माला लगाई स्वागत गरिएको थियो ।


