छथर जोरपाटी र महालक्ष्मीका किसानलाई बिमा तालिम
नारायण कुमार राई,धनकुटा खबर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई तेह्रथुम,जोन (प्राबिधिक) इकाई कार्यालय सिंधुवा धनकुटाले किसानहरुलाई बाली तथा पशुपंक्षी बिमा सम्बन्धि आधारभूत तालिम दिएको छ ।

जोनले छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रत्येक वडामा एक अभिकर्ता तयारी गर्ने उद्देश्यले बाली तथा पशुपालक किसानहरुलाई ३ दिने अभिकर्ता तालिम दिएको हो ।
७ गते मंगलबार देखि ९ गते बिहिबार सम्म संचालन गरिएको उक्त तालिममा २० जना कृषि तथा पशुपालक कृषकहरुको सहभागिता रहेको जोनका प्रमुख बौवालाल चौधरीले जानकारी दिनुभयो ।
सहभागिहरुलाई राष्ट्रिय बिमा समितिका उप–महानिर्देशक पुनम ज्ञवली(श्रेष्ठ)ले जुम पद्दतीबाट सहभागिहरुलाई पशु बिमाको बारेमा जानकारी दिनुभएको थियो ।
सहभागिहरुलाई ३ दिन सम्म कृषि बिभाग हरिहर भवन ललितपुरका बरिष्ठ बालिबिकास अधिकृत भरत प्रसाद देवकोटा र कृषि अर्थबिद लोकराज सुवेदीले तालिम दिनुभएको जोनका प्राबिधिक धर्मराज कटुवालले जानकारी दिनुभयो ।
छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको १२ सय हेक्टर समेटेर धनकुटाको सिंधुवा क्षेत्रमा आधुनिकीकरण परियोजना जोन सन्चालनमा रहेको छ ।


