धनकुटाको सहिदभूमीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

धनकुटा खबर । जनता समाजवादी पार्टीले संसद विघटन संविधान विपरित कार्य भएको भन्दै सहिदभुमि गाँउपालिकामा आज प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्रीको यो कदम असंवैधानिक,गलत र आलोकतान्त्रिक भएकोले यसको विरोधमा पुत्ला दहन गरिएको जनता समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य नाथुराम राईले बताउनुभयो ।

नेपालीहरूको महान त्याग र बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहारप्रति सडक संघर्ष सम्पुर्ण लोकतान्त्रिक शक्तिहरूले गर्न जरूरी रहेको जनता समाजवादी युवा संघ प्रदेस १ का सचिव निशान किराँतीले बताउनुभयो ।

प्रतिनिधि सभा विघटन खारेज गरौं, सम्पुर्ण पहिचानवादी एक हौं, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, जनता समाजवादी पार्टी जिन्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, भ्रष्टचारी सरकार मुर्दावाद, वीर सहिद हरु अमर रहुन, लोकतन्त्र विरोधी होसियार, निरंकुशता सरकार मुर्दावाद जस्ता नाराबाजीका साथ सहिदभुमि गाउँपालिकाको पिप्लेमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य श्री राई, जिल्ला सदस्य भुपाल राई,गाउँपालिका उपाध्यक्ष कृष्ण भगत,राई गाउँ पार्टी सदस्य जगत राई,जिल्ला युवा सदस्य छत्र राई लगायत अन्य गाउँ पार्टी सदस्य हरुको उपस्थित रहेको थियो ।

विरोध कार्यक्रम जनता समाजवादी पार्टी सहिदभुमि गाउँपालिकाका अध्यक्ष बलेन्द्र राईको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सचिव भक्त राईले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖