तामाङ पत्रकार संघ धनकुटाको आयोजनामा हिलेमा सञ्चालित ७ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
धनकुटा । तामाङ पत्रकार संघ धनकुटाको आयोजनामा हिलेमा सञ्चालित ७ दिने आधारभूत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । विभिन्न समुदायका १५ जनालाई दिईएको तालिमको संघका अध्यक्ष चन्द्रमाया तामाङको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच समापन गरिएको हो ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष तामाङले देशको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै यो क्षेत्रमा निरन्तर लाग्न तालिममा सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिममा सहभागी मध्ये तालिम अवधिमा उत्कृष्ट समाचार लेख्ने ५ जनालाई नोटवुक र डटपेन पुरस्कार वितरण गरिएको थियो । सवै सहभागिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । प्रशिक्षार्थिहरुलाई कान्तिपुर दैनिकका उपसम्पादक रमेश चन्द्र अधिकारी र नेपाल पत्रकार महासंघ धनकुटाका सचिव तथा फोनिज प्रदेश १ का महासचिव विदुर खवासले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु मोक्तान,सचिव फूर्वा घिसिङ,कृषी विज्ञ जिवन राई, नेपाल तामाङ घेदुङ महिला संघका अध्यक्ष पेमा लामा, हिले माद्यमिक विद्यालयका सहप्रधानाध्यापक गणेश पिठाकोटे, हिले प्रहरी चौकी ईञ्चार्ज लगायतले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव विवेक तितुङले गर्नुभएको थियो । भने स्वागत मन्तव्य सहभागीको तर्फवाट अनु तामाङले राख्नुभएको थियो ।


