नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु-याउने : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु¥याउने बताउनुभएको छ ।

हुलाक सेवा विभागअन्तर्गतको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले आयोजना गरेको ‘हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम २०७७’ हुलाक टिकटमा स्थानीय पहिचान समावेश गर्ने कामलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

विभागले विगतदेखि नै स्थानीय पर्यटकीय गन्तव्यदेखि धार्मिक र सांस्कृतिक स्थानको प्रतिनिधित्व हुने गरी टाँचा बनाउँँदै आएको पाइएको उहाँको भनाइ छ । अझै धेरै जातजाति र भाषाभाषीलाई समेटेर जानुपर्ने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो प्राकृतिक सौन्दर्यसहित कुनै पनि ठाउँको पहिचान गराउने परिचयात्मक कार्यक्रम पनि हो ।”

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक टिकटको टाँचाले नेपालको विविधता देश बाहिरसमेत चिनाउन सघाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभित्रका विविधता समेट्ने कुरालाई निरन्तरता दिनुपर्छ ।”

विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले यसवर्ष हुलाक टाँचमा चार वटा विषयलाई समेटिएको बताउनुभयो । लुम्बिनी शान्ति दौड, नेपाल राष्ट्र बैंकद्वारा निस्कासित प्रथम कागजी नोट, राष्ट्रिय जनगणना, २०७८ र सगरमाथा स्काई ड्राइभसम्बन्धी टाँचा प्रकाशित गरिएको हो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖