धनकुटाका थप एक जनालाई कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका अनुसार आज जिल्लाको एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, इलाममा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै प्रदेश १ मा अहिले सम्म कोरोना संक्रमितको संख्या २९ हजार ८ सय १२ पुगेको छ ।

गएको २४ घण्टामा प्रदेश १ मा १ सय ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।