जिम सेन्टरको उद्घाटन,६५ जनालाई सम्मान

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा निर्माण गरिएको पाख्रीवास युथ युनाईटेड जिम सेन्टरको आज उद्घाटन गरिएको छ । पाख्रीवास युथ युनाईटेड सेन्टरका अध्यक्ष गणेश गुरुङको अध्यक्षता तथा पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच जिम सेन्टरको उद्घाटन गरिएको हो ।

देश विदेशमा वसोवास गरिरहेका सहयोगी नेपाली मनहरुबाट प्राप्त सहयोग मार्फत पाख्रीवास मुख्य वजार क्षेत्र भन्दा केही तल पर्यटकीय स्थल सिमसार क्षेत्र नजिक २० फुट चौडाई र ४० फुट लम्वाईको जिम सेन्टर निर्माण गरिएको पाख्रीवास युथ युनाईटेड सेन्टरका सदस्य दिपेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाख्रीवासका समाजसेवि एवम् वुद्धीजीवि ज्ञान वहादुर गुरुङ र स्व. प्रेम गुरुङले संयुक्त रुपमा प्रदान गर्नुभएको ४ आना जग्गामा निर्माण गरिएको जिम सेन्टर निर्माणका लागि अहिले सम्म करिव ७ लाख वढी लागत लागीसकेको छ । जिम सेन्टर उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख राईले नगरबाट पनि युवाहरुलाई आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।

जग्गादाता,आर्थिक सहयोग दाता तथा श्रम सहयोग गर्नेहरु जम्मा ६५ जनालाई दोसल्ला ओढाई सम्मान गरिएको कार्यक्रममा पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष सोवित निरौला, जग्गादाताहरुको तर्फवाट ज्ञान वहादुर गुरुङ, आर्थिक सहयोगीहरुको तर्फबाट राजमान सिंह राई,पाख्रीवास युथ युनाईटेड सेन्टरको तर्फबाट कोषध्यक्ष कल्पना तामाङ लगायतले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य सेन्टरका सदस्य अनिल खड्काले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य दिपेश थापाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖