कोदोको रक्सी अब युकेको ब्राण्डको रुपमा बिक्री शुरु
लण्डन । नेपाली कोदोको रक्सी युकेको एक ब्राण्डको रुपमा दर्ताभई अनलाइन मार्फत विक्रिवितरण शुरु भएको छ ।
उत्तरी लण्डनको मिल्टनमा फ्याक्ट्रीको ब्यवस्थापन गरिएको कोदोको रक्सी युकेको राम्रो हुस्कीको गुणस्तर सरह रहने कुरा टिम मध्येका एक जितेन्द्र चेम्जोङले जानकारी गराएका छन । चेम्जोङ गोर्खा भिल्ला रेष्टुरेष्टको पार्टनर हुन भने यो रक्सीको ब्यवस्थापनको मुख्य जिम्मा जनक राईले गरेका हुन । आउदो ८ जनवरी देखि अनलाइनमा किन्न सकिनेछ ।
सुन तथा चाँदी शुरक्षित गरि भण्डारण गर्ने भल्ड पनि चाडै शुरु हुदै
राईकै नेतृत्वमा नेपालीहरुको घना बस्ति भएको आसफोर्ड टाउनमा सुन तथा चाँदी शुरक्षित गरि भण्डारण गर्ने भल्ड पनि चाडै शुरु हुदैछ । युकेमा नेपालीहरुको घरहरुमा धेरै चोरी भईरहने घटनाहरु बढिरहेको बेला भल्ट अर्थात तिजुरी राखेर यो सुविधा केही हप्ता भित्रै शुरु गर्न लागिएको हो ।
युकेमा रहेका नेपालीहरुले इतिहास मै पहिलो पल्ट ग्लोबल वुलियन भल्ट लिमिटेडले यो सेवा शुरु गर्दैछ । भल्टमा प्रत्येक महिना थोरै शुल्क तिरेर आफ्नो गरगहना राख्न सकिनेछ र आफूलाई चाहिएको बेला जुनसुकै बेला आफैले खोलेर निकाल्न र राख्न सकिनेछ । यस लिमिटेडको सेवा बैंकहरुको सेवा भन्दा अझ भरपर्दो र बलियो हुने बताएका छन ।


