प्रजातन्त्रका सेनानी तथा मुक्ति योद्धाहरुलाई सम्मानित गर्दै असंवैधानिक कदमको विरुद्ध प्रदर्शन

धनकुटा । धनकुटाको सागुरीगढी गाउपालिका बुढीमोरङमा आज नेपाली कांग्रेसले प्रजातन्त्रका सेनानी तथा मुक्ति योद्धाहरुलाई सम्मानित गर्दै असंवैधानिक कदमको विरुद्ध प्रदर्शन र सभाको समेत आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता संविधान सभा सदस्य तथा नेपाली कांग्रेस मोरगका जिल्ला सभापति डिक वहादुर लिम्बुले कांग्रेस संसद पुर्नस्थापनका पक्षमा रहेको वताउनु भयो । उहाले कांग्रेस लोकतन्त्र र संविधानको रक्षाका लागी आन्दोलन गरिरहेको वताउनु भयो । प्रदेस सभाका सांसद लिला सुब्बाले मुलुकमा अहिले राजनैतिक संकट आएको वताउदै यसको समाधान कांग्रेसले मात्र गर्न सक्ने वताउनु भयो ।

नेपाली कांग्रेस सागुरीगढी गाउपालिका वडा नं. २ बुढिमोरगका सभापति योगेन्द्र ईवा लिम्बुको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु महोन वान्तवा,रमेश इवाहाङ्ग,मान प्रसाद इङ्मान,क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाल महिला संघ धनकुटाका जिल्ला उपसभापति अम्विका धमला,खुवाफोकका यूवा नेता निर्देश लिम्बु,खगेन्द्र लिम्बु,क्षेत्रिय सदस्य शुक्र लिम्बु, अनिल राई,लक्ष्मी राई,सचिव आईत लिम्बु,ज्ञानु लिम्बु लगायतले मन्तव्य राख्दै अव मुलुकको समृद्धी र विकास नेपाली कांग्रेस गर्ने वताएका थिए ।

सो अवसरमा प्रजातन्त्रका सेनानी तथा मुक्ति योद्धाहरु हर्क वहादुर लिम्बु,राम प्रसाद लिम्बु, राजेन्द्र इवा,टंक वहादुर इवाहाङ्ग,देउमान इवाहाङ्ग,छविन्द्र ईवाहाङ्ग,नयन कुमार तुम्वापो,तेज वहादुर फतेछुवा,लोक वहादुर ईवाहाङ्ग,तुल वहादुर लिम्बु,बुद्धीमान ईङनाम,मान प्रसाद इङनाम लगायत १३ जनालाई सम्मानीत गरिएको थियो ।

उहाहरुलाई संविधान सभा सदस्य तथा कांग्रेसका युवा नेता डिक वहादुुर लिम्बु,प्रदेश सभा सांसद लिला सुब्बा,जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय सभापति जितेन्द्र राई ,महिला ंसंघकी उपाध्यक्ष अम्विका धमला लगायतले दोसल्ला तथा खादा टिका लगाई दिई सम्मान गर्नु भएको थियो ।भने कार्यक्रमको संचालन सचिव आईत लिम्बुले गर्नु भएको थियो ।

सो अवसरमा सागुरीगढी वाड नंं १ का सभापति भूपेन राई,वडा नं. ३ का सभापति कृष्ण लिम्बु,वडा नं. ४ का सभापति राजेन्द्र ईवा लिम्बु लगायतले समेतले आ आफ्नो धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।