फोनिज प्रदेश नं १ समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

विराटनगर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश नं १ समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

नेपालआदिवासी जनजातीपत्रकार महासंघ फोनिजप्रदेश नं १ समितिका अध्यक्ष अजुर्न जम्नेली राईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा प्रदेश १ का विभिन्न जिल्लाका अध्यक्षहरु को सहभागिता थियो । बैठकले नेपाल पत्रकार महासंघको चुनावलाई मध्यनजर गर्दै नेपाल आदिबासि जनजाती पत्रकारमहासंघ फोनिज प्रदेश १ को भेला आउदो फागुन २१ र २२ गते सुनसरी मा गर्ने निर्णय गरेको छ ।

भेलाको तयारीका लागि फोनिज १ नं प्रदेशका महासचिव विदुर खवासको संयोजकत्वमा प्रदेश सचिव अप्सरा समाल,कोषाध्यक्ष सुसन राई, प्रदेश सदस्य नविन गुरुङ्ग, प्रदिप चौधरी, विना तामाङ्ग , विजय धिमाल तथा सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरी, धनकुटा अध्यक्ष सन्तवीर लामा, उदयपुर जिल्ला अध्यक्ष सुपराज राईको सम्मिलित समिति गठन गरिएको छ ।

त्यस्तै पौष ५ गते को प्रतिनिधि सभाविघठन बाट प्रेस स्वतन्त्रता खतरामा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहने निर्णय गरिनुका साथै प्रदेश नं १ का स्थानीयतहहरुमा पत्रकारहरुलाई क्षमता बृद्धिगर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि सबै पाकिाहरुमा सञ्चार प्रतिष्ठान बनाउन पहलगर्ने ,प्रदेश नं १ का सबै स्थानीयतहहरुलाई आफ्ना पालिकामाभएका ६५ बर्ष माथिका जेष्ठपत्रकारहरुलाई मासिक १० हजार असक्तभक्ताउपलब्ध गराउने बातावरण सृर्जना गर्न पहलगर्ने निर्णय गरियो ।

साथैसबै जिल्लाशाखाहरुले आफ्नो जिल्लामा रहेका पालिकाहरुसग समन्वय गरी उक्तनिर्णय कार्यन्वयनमा सहयोग गर्न परिपत्र गर्ने । सबै जिल्लाशाखाहरुले फोनिजका सदस्य संख्यातथा नेपालपत्रकार महासंघमाफोनिजको अवस्थाबारे जतिसक्दो चाडै प्रदेशमा जानकारी गराउन अनुरोध गर्ने र फोनिजका साथिहरुलाई समेत पत्रकार महासंघको निर्वाचनमा मुख्य नेतृत्वम विजयी गराउन सबैले भुमिका निर्वाह गर्ने निर्णय भएको फोनिज प्रदेश १ ले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।