धनकुटाको सहिदभुमिमा अपाङ्गता परिचय पत्र वितरण शूरु

धनकुटा खबर । धनकुटाको सहिदभुमि गाँउपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्न शूरु गरेको छ । प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा आजदेखि गाउपालिकाको वडा नं १ धापबाट परिचय पत्र वितरण शूरु गरिएको हो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत प्रारम्भिक स्वास्थ्य परिक्षण गरि अपाङ्गता परिचय वितरण कार्यक्रम थालिएकोे गाँउपालिकाको प्रशासकिय प्रमुख राजकुमार शाक्यले बताउनु भयो ।

सिविरमा उनिहरुको गाँउपालिकाका स्वास्थ्या शाखाका स्वस्थ्यकर्मी तथा करुणा फाउण्डेशनका प्राविधिक टोलिले कान आखा तथा शारीरिक परिक्षण गरिरहेको उहाँले जानकारी दिनु भएको छ । पहिलो दिन शिविरमा ७३ जनाको स्वस्थय परिक्षण तथा अपाङ्गता परिचय पत्र वितरण गरेको गाँउपालिकाले जनाएको छ ।

शिविरको उद्घाटन वडा नं १ का कार्यबाहक वडाअध्यक्ष वलराम राईको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रशासकिय प्रमुख शाक्य सहित स्वस्थ्य प्रमुख फकीर मोहमद, करुणा फाउण्डेशनका फोकल पर्शन दिनेश नेपाल वडा सचिव सुमित राम लगायतको उपस्थिति रहेको थियो । गाँउपालिकाको ७ वटै वडामा सञ्चालन गरिने शिविर माघ १८ गते सम्पन्न हुने गाउपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।