रु ४०० ले उकालो लाग्यो सुन

काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ । (रासस)

यो पनि पढ्नुहोस्…

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला
चितवन, १३ माघ (रासस) : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो ।

अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुसको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गर्नुभएको थियो ।

घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नुहुनेछ । उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कसरी आक्रमण गर्छ भन्नेबारे सिकाइएको छ ।

दुर्लभ र हिं स्रक वन्यजन्तु बाघ, गैँडाजस्ता जनावरबाट जोगिनका लागि ती जनावरसम्बन्धी अध्ययन गरेका विज्ञहरुले बच्ने उपायका बारेमा सिकाइरहेका छन् । पाठशालामा वन्यजन्तुको आनीबानी, बासस्थान, हिँडडुल, बाटोलगायतका बारेमा जानकारी दिइन्छ । एउटा कक्षमा ४० जना हाराहारी रहने अपेक्षा गरिएको छ । स्थानीय र विषयविज्ञको समय अनुकूल बनाएर कक्षा सञ्चालन गर्दै आइएको छ । नदी र जङ्गलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकाले यसको न्यूनीकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय क्षति कम गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा गरिने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अभियानले स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउनुका साथै वन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ । बरालले पछिल्लो समय दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरी शिकारी बढेसँगै निकुञ्ज प्रशासनले मध्यवर्तीका बासिन्दासँग नियमित छलफलसँगै संरक्षण शिक्षाका कार्यक्रम अरु बढाएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖