भूमा’फियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा, १४ माघ । भूमा फियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ ।

विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुँदा जग्गा हत्याउन ष ड्यन्त्रपूर्वक कीर्ते मोही खडा गरिएको थियो ।

लामो समयको विवाद र मु द्दामामिला भएपश्चात स्व टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिनुभयो । नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिनुभएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताउनुभयो ।

उहाँका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुनेछ । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।

सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गर्नुभएको छ । सूर्यकुमार विमली र रमेश महर्जनले जग्गा फिर्ता गर्नुभएको छैन । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर अदालतमा मुद्दासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।

विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दु रुपयोग अ नुसन्धान आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएलगत्तै नेपाल सरकारका सहसचिवसमेत रहनुभएका विमलीले जग्गा फिर्ता गरिदिनुभयो । स्व डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रङ्गशाला निर्माण गरेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।