वि’रोध प्रर्दशनमा द’मन हुनुले नि’रंकुसता प्रतिबिम्बित हुन्छः फोनिज

काठमाडौं, १४ फोनिज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ ।

विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुने भन्दै फोनिजले संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध माघ १२ गते भएको प्रर्दशनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, वरिष्ठ मानअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्धारा भएको विरोधमा प्रेस विज्ञप्ति जारी गर्दै फोनिजले यस्तो बताएको हो ।

फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा जारी प्रेस ज्ञिज्ञप्तिमा भनिएको छ– ‘अभिव्यक्ति स्वतन्त्रता संविधानप्रद्धत नागरिक अधिकार हो । विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छ । संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’

फोनिजले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन हुनु बलिदानपूर्ण इतिहासको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मास्ने प्रपन्चको निरन्तरता रहेको समेत बताएको छ । फोनिजले विधिको शासन र कानुनीराजको सम्मान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।