निर्माण उपकरणमा आ’गजनी गरिएकामा महासङ्घको आपत्ति

काठमाडौँ, १४ माघ । कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिं सात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आ गजनी गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आ गजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्षसमेत रहनुभएका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आ गजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आ गजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्व स्त भएका छन् ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिं सात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताउनुभयो । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासङ्घले दिएको छ ।

तत्काल दो षीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घका महासचिव दाहालले जोडदार माग गर्नुभएको छ । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पुनः एक पटक सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।