महिला महास¬ङ्घ खडा गरिँदै

पोखरा, १६ माघ (रासस)ः महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा यहाँ प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो ।

थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिला विषयले अझै पनि स्थान नपाइरहेको जनाउँदै तिनको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महिला महासङ्घको आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो “देशमा जस्तेसुकै परिवर्तन आए पनि महिलामैत्री नीति बन्न सकेको छैन, आज पनि द्वन्द्वपीडित महिलाले न्याय पाउन सकेका छैनन् भने एकल महिलाको अवस्था पनि उस्तै छ, महिलाको आर्थिक सशक्तीकरणका विषय पनि सधैँ ओझेलमा छन् । यी विविध विषयका लागि अब महिला महासङ्घले सामूहिक आवाज उठाएर जानेछ ।”

थापाका अनुसार महासङ्घको सदस्यताका लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।

गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिले महासङ्घले उठान गर्नुपर्ने विषयमा आआफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनीकरणका लागि पहल, आमाका नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानूनको अन्त्य गर्नुपर्ने, स्रोत साधनमाथि महिलाको पहुँच हुनुपर्ने, समानताका लागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गिकक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासङ्घ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।