धनकुटा सिटी जेसिजको २०२१ का लागि पदस्थापन कार्यक्रम सम्पन्न

धनकुटा,माघ १७ । धनकुटा सिटी जेसिजको २०२१ का लागि आज विशेष कार्यक्रमका साथ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा सिटि जेसिजको २०२१ का लागि नवनिर्वाचित अध्यक्ष पुण्य अधिकारी कानुनी सल्लाहकार विजय अधिकारी, कार्यकारीणी उपाध्यक्ष रेणु सिलवाल, अर्का कार्यकारीणी उपाध्यक्ष दुर्गा सन्जेल,महासचिव करुणा कटुवाल,कोषाध्यक्ष सुरेश धमला, उपाध्यक्ष सिमा गजमेर,उपाध्यक्ष,इश्वरी सुवेदी, उपाध्यक्ष रमेश खत्री, उपाध्यक्ष सन्ध्या राई ,जनसम्पर्क अधिकारी सरिता लिम्बु,सचिव अनिष रुचाल, कोष बृद्धी संयोजक टंक वीर थापालाई २०२० का अध्यक्ष राम प्रसाद गौतम लगायत पुरानो कार्य समितिले पद हस्तानतरण गरी पदास्थापन गरेका हुन् ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले जेसिजले समाजलाई रुपान्तरण गर्न सक्ने भएकाले धनकुटाको विकास र समृद्धीका लागि जेसिज सँग मिलेर काम गर्ने वताउनु भयो । धनकुटा सिटि जेसिज २०२० का अध्यक्ष राम प्रसाद गौतमको अध्यक्ष्तमा सम्पन्न कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्ताषी राई,नेकपाका राज कुमार तेयुङ्ग,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ,जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्का, इटहरी जेसिजका अध्यक्ष विकास राई,लगायतले शूभकामना मन्तव्य व्यक्त गर्दै जेसिज, समाजको ऐना भएकोले यो संस्था परिर्वतनको संवाहक भएको वताएका छन् ।

र यो पनि पढ्नुहोस्…

कथाव्यास केन्द्रीय समितिको अध्यक्षमा घिमिरे

काठमाडौँ, १७ माघ (रासस) ः कथाव्यास प्रतिनिधिको पहिलो राष्ट्रिय सम्मेलनले सह प्राध्यापक नवराज घिमिरेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

तनहुँको देवघाट क्षेत्रमा शुक्रबारदेखि शुरु भएको सम्मेलनले आज केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सम्मेलन हुनुभन्दा अगाडि विसं २०७६ चैतअघि काठमाडौँ, देवघाट र इटहरीमा क्षेत्रीय सम्मेलन गरी प्रतिनिधि चयन गरिएको थियो । गत वर्ष चैत ११ देखि कोरोना महामारी फैलिएपछि २०७७ वैशाखमा गर्ने गरी तय गरिएको राष्ट्रिय सम्मेलन माघमा गरिएको आयोजक हिन्दू जागरण महाअभियानका संयोजक रामकृष्ण उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

तीन ठाउँमा भएको सम्मेलनले पाँच विकास क्षेत्रबाट ४५ प्रतिनिधि चयन गरेको थियो । दुईदिने सम्मेलनले एक विकास क्षेत्रबाट नौ जना नै सदस्य केन्द्रीय समितिमा रहने गरी समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष डा नेत्रविनोद भट्टराई निर्वाचित हुनुभएको छ ।

यसैगरी पाँच विकास क्षेत्रको उपाध्यक्षमा क्रमशः पूर्वाञ्चलबाट घनश्याम ढकाल, मध्यमाञ्चलबाट यदुनन्दन भारद्वाज, पश्चिमाञ्चलबाट नेत्रप्रसाद पराजुली, सुदूरपश्चिमाञ्चलबाट खगेन्द्र अवस्थी निर्वाचित हुनुभएको छ । मध्यपश्चिमाञ्चल उपाध्यक्षपछि तोकिने समितिले जनाएको छ ।

त्यस्तै समितिको सचिवमा राघव उपाध्याय, सहसचिवमा अनुराधा शास्त्री र कोषाध्यक्षमा कैलाश दाहाल निर्वाचित हुनुभएको छ । शास्त्रीय मान्यताविपरीत गुरु, शुक्र अस्त भएका बेला, पितृ पक्ष, मलमासजस्ता समयमा पनि पुराण वाचन गर्ने, साइत नजुराइ जहिलेसुकै पुराण वाचन गर्नेलगायत विकृति आउन थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाल र नेपाल सन्त समाजको उपस्थितिमा तीन स्थानमा क्षेत्रीय सम्मेलन गरी राष्ट्रिय सम्मेलन गरिएको जनाइएको छ ।

सम्मेलन समापन समारोहमा सन्त समाजका अध्यक्ष ज्ञानानन्द गिरी, गलेश्वर पीठाधीश आत्मानन्द गिरीलगायतले वैदिक सनातन धर्मका शास्त्रले निर्देश गरेअनुसार नै पुराण वाचनलगायत धार्मिक कृत्य गरेमात्र फल प्राप्त हुने भएकाले शास्त्रीय मर्यादामा ल्याउन समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनले ओमकार परिवारको बाहुल्यता रहेको देशमा ती धार्मिक, सांस्कृतिकस्थलबाट उठेको भेटघाटीलगायत स्रोत अरु धर्मको प्रवद्र्धनमा खर्च हुन थालेकामा आपत्ति जनाएको छ । पशुपतिनाथको गुठी जग्गामा चर्च चल्न थालेकामा पनि सम्मेलनले हटाउन जोडदार माग गरेको छ । हिन्दू जागरण अभियानले ओमकार परिवारभित्र महागठबन्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको हो । अभियानले दोस्रो चरणमा कर्मकाण्ड क्षेत्रमा आएका विकृति रोक्न कर्मकाण्ड सम्मेलनको समेत तयारी शुरु गरेको जनाइएको छ । कर्मकाण्ड सम्मेलनका लागि एक हजार ५०० जनाको नाम प्राप्त भइसकेको छ ।

तेस्रो चरणमा ओमकार परिवारभित्रका धार्मिक, सांस्कृतिक सङ्घसंस्थाको सम्मेलन गरी महागठबन्धन निर्माण गरिने जनाइएको छ । महागठबन्धनले ओमकार परिवारभित्र सांस्कृतिक जागरणका साथै प्रेम, आपसी सद्भाव र भाइचारा बढाउनका लागि काम गर्ने संयोजक उपाध्यायले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।