जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि नगद सहित सम्मान
तेह्रथुम,माघ २० । तेह्रथुमको लालिगुरास नगरपालिकाले नगर भित्रका जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि नगद सहित प्रतिब्यक्ति एक-एक थान लौरो प्रदान गरेर सम्मान गर्न शूरु गरेको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सोमवार लालिगुरास नगरपालिका वडा नं ५ दागँपाका ३६ जना जेष्ठ नागरीकहरुलाई नगद र लौरो सहित सम्मान गरिएको छ । जेष्ठ नागरीकहरुलाई नगद ५ सय सहित हिडडुल गर्न सहज होस भन्ने उदेस्यका साथ प्रति ब्यक्ति एक एक थान लौरो र सम्मान पत्र प्रदान गर्दै सम्मान गरीदै आएको नगर प्रमुख अर्जुन बाबु माबुहाङले बताउनु भयो ।
यस अघि नगरभित्रका वडा अध्यक्ष, बुद्धिजिवि, जनप्रतिनिधिहरु लगायतको उपस्थीमा लालिगुरास नगरपालिका वडा नं–४ फुलेकका २८ जना जेष्ठ नागरीकहरुलाई नगद ५ सय सहित हिडडुल गर्न सहज होस भन्ने उदेस्यले प्रति ब्यक्ति एक एक थान लौरो र सम्मान पत्रले सममान गरिएको वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर गौतमले बताउनु भयो ।
नगरपालिका भित्र रहेका ९ वटै वडाका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरीकहरु नगरपालिकाकै सम्पती र गौरवको रुपमा रहनुभएकोले उहाँहरुलाई सम्मान तथा उहाँहरुको समस्या बुझनका लागि यो कार्यक्रम आयोजना गरीएको लालिगुरास नगरपालिकाका उपमेयर तिला पोख्रेलले बताउनु भयो । गत आर्थिक वर्ष ०७६÷७७ मा बिनियोजित बजेट बाट सञ्चालन गर्नु पर्ने कार्यक्रम कोभिड १९ का कारण ढिलो भएकोले माघ १५ गते बाट शूरु गरीएको मेयर माबोहाङले बताउनु भएको लागीगुरास नगरपालिकाका प्रेस संयोजक राजकुमार तेयुङले जानकारी दिनुभयो ।
लालिगुरास नगरपालिकाको आयोजनामा सञ्चालन भईरहेको कार्यक्रम नगर प्रमुख माबोहाङको प्रमुख आतिथ्य तथा उपप्रमुख तिला पोखेरेलको सँयोजकत्वमा सञ्चालन भईरहेको छ ।


