देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन ! धनकुटाबाट नैनबहादुर विक, सावित्रा राई र दीपक बुढाथोकी

काठमाडौं, सरकारले देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोगको तीन सदस्यीय जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना छन्। मन्त्रिपरिषद्ले गत वर्ष चैत ९ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबार राजपत्रमा प्रकाशित गरिएको छ। आयोगले सबै स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाउने सरकारले जनाएको छ। आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले भूमिहीनको छनोट गरेर आयोगले जग्गा उपलब्ध गराउने बताए।

प्रदेश १ को धनकुटामा अध्यक्ष नैनबहादुर विक, विज्ञ सावित्रा राई र सदस्यमा दीपक बुढाथोकी चयन भएका छन् ।

त्यस्तै इलाममा ओमनारायण खनाल, प्रकाश अधिकारी र हेमन्त राई, झापामा प्रेमबहादुर गिरी, राधाकृष्ण खनाल र मदनप्रसाद अधिकारी क्रमशः अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन्। सुनसरीमा खेमराज पोखरेल, सूर्यकुमार राई, बद्रीनाथ घिमिरे, मोरङमा दिलबहादुर राई, नवीन पौडेल, मोहन तुम्वोपा, पाँचथरमा करुणा राई, जयप्रकाश केरुङ, देवीप्रसाद कोइराला, ताप्लेजुङमा लक्ष्मीबहादुर यक्सो, प्रकाश इवारम, कमलप्रसाद गुरागाईं चयन भएका छन्।

त्यसैगरि तेह्रथुममा किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया, धर्मराज खुलाल, संखुवासभामा वीरेन्द्र केसी, वेदकुमारी रिमाल र विपिन तामाङ, भोजपुरमा देवीराम चौलागाईं, ईश्वरमान राई र केशवबहादुर राई, ओखलढुंगामा शंकरबहादुर कटवाल, विजयकुमार बस्नेत र रामकुमार अछामी थापा मगर, खोटाङमा हरिप्रसाद पोखरेल, खेमराज राई र दिलकुमारी राई, सोलुखुम्बुमा रामकाजी श्रेष्ठ, कुन्जाङ शेर्पा र मोहनकुमारी कार्की, उदयपुरमा गोपालबहादुर खत्री, दुर्गानन्द चौधरी र कान्ताकुमारी राई मनोनयन भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।