१५ जनालाई अपाङ्गता परिचय पत्र वितरण
धनकुटा । धनकुटाको पाख्रीवास नगरपलिका वडा नं १ मा आज १५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । परिचयपत्र वितरण टोलीमा संलग्न नगरगपालिकाका राजश्व शाखा प्रमुख खेमचन्द्र वस्तिका अनुसार क वर्गका एक जना, ख वर्गका ५ घ वर्गका ३ र बाकी सवै ग वर्गका लाई परिचय पत्र वितरण गरिएको हो ।
पाख्रीवास नगरपालिका सहित सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालन भईरहेको आपांगता स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण शिविरमा १ नं वडा ४७ जना अपांगता व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको छ । यो नगरमा दुईदिन अघिबाट यो शिविर सञ्चालन भईरहेको हो ।
यसअघि अस्ति वडा नं १० र हिजो वडा नं १० का अपाङ्गता व्यक्तिहरुको स्वास्थ्य जाँच गरि परिचयपत्र वितरण गरिएको नगरपालिकाको शाखाका अमृता नेपालले वताउनुभयो । भोलि वडा नं २ को सान्ने स्वास्थ्य चौकी, पर्सी २४ गते वडा नं ६ को फलाटे स्वास्थ्य चौकी,२५ गते वडा नं ५ को घोर्लिखर्क स्वास्थ्य चौकी, २६ गते वडा नं ८ मुगा स्वास्थ्य चौकी ,२७ गते ७ नं वडाको मुगा आधारभुत स्वास्थ्य चौकी,२८ गते ३ नं वडाको वडा कार्यलय र २९ गते ४ नं वडा को पाख्रीवास स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
शिविरमा चारजना चिकित्सक सहित स्थानिय समन्वय समितिका ११ जना पदाधिकारी,करुणा फाउण्डेशनका एक जना प्रतिनीधि लगायतको टोलिले सेवा दिई रहेकाछन् ।


