अझै १० वर्ष कम्यूनिष्ट सरकारले देश चलाएमा यूरोप अमेरिका जस्तै बनाएर छाड्ने

धनकुटा । जनताको हित र पक्षमा काम गर्ने पार्टी अहिले सम्म नेपाल कम्यूनिष्ट पार्टी मात्र रहेको नेकपा अगुवा कार्यकर्ता भेलामा सहभागिहरुले बताएकाछन् । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पाख्रीवास नगर कमिटीको आयोजनामा नगरको वडा नं ३ र ४ को आज सम्पन्न संयूक्त अगुवा कार्यकर्ता भेलाका सहभागिहरुले त्यस्तो बताएका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा पाख्रिबास वडा नं ४ का अध्यक्ष मदन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रदेश १ सदस्य तथा धनकुटा निवार्चन क्षेत्र नं २ का इन्र्चाज गणेश राइ उज्वले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशमा स्थिरता नचाहने देश विकास देख्न नसक्ने प्रतिगामिहरुले दुइ तिहाइ नजिकको नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपि ओली नेतृत्वको सरकारलाई ढाल्न अनेक खालका सडयन्त्र रचेको बताउनु भयो ।

उहाले सरकारको विरुद्धमा प्रतिगमन लागीपरेको अवस्थामा प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने ठाँउमा अर्का अध्यक्ष प्रचण्डले बैमानी गरेर पार्टी भित्रकै शिर्र्षनेता संग मिलेर पद र भागवण्डको किचलो गरेर प्रधानमन्त्रिलाई सहज रुपमा काम गर्न नदिएको बताउनु भयो । उहाँले प्रचण्ड खनियूको बोर्डमा फल्ने फल जस्तै हो भन्दै खनियूको फल सधै तल जरामा फल्ने भएकाले प्रचण्डलाई शिर टुप्पामा फलाउन खोजेको तर सडकमै झरेको भन्नु भयो ।

त्यस्तै गरी पार्टीका जिल्ला सचिव तथा भेलाका विशिष्ट अतिथि भिम राईले जिल्लामा केहि केहि समुहहरु प्रतिगमन तर्फ लागेपनि अहिले सम्म पार्टी विभाजित नभएको जानकारी दिनु भयो । उहाले अराजक प्रतिगमन तर्फ लागेकाहरुले कुनै पार्टी स्थापना गर्न नसक्ने भएकाले भोलि मुलधारको पार्टीमा फर्केर आउने बताउनु भयो ।

त्यस्तै उहाले संसारको कम्यूनिष्ट पार्टीको भन्दा नेपालको कम्यूनिष्ट पार्टीको निति राम्रो भएको भन्नुहुदै नेपाल कम्यूनिष्ट जनता माझ जानेर जनताले छानेको जनता बाट निर्वाचित जनताले अनुमोदन गरेपछि मात्र सरकारमा जानेभएकाले सधै जनताको पक्षमा जनताको हितमा काम गर्ने बताउनु भयो । नेपालमा विभिन्न पार्टी तथा सासकहरुले सासन चलाएपनि जनताको पक्षमा सिन्को नभाचेको भन्दै त्यसै विकल्पमा नेपाल कम्यूनिष्ट पार्टी आएको बताउनु भयो । कम्यूष्टि पार्टीको निति राम्रो भएकोले मात्र जनताले अहिले सेवा सुविधा उपभोग गर्न पाइरहेको ठोकुवा गर्नु भयो ।

त्यसैगरी उहाले संघिय, प्रदेश तथा स्थानिय सरकार आएपछि धेरै कामहरु भइरहेको उद्धाहरण दिनुहुदै अझै १० वर्ष कम्यूनिष्ट सरकारले देशचलाएमा यूरोप अमेरिका जस्तै बनाएर छाड्ने बताउनु भयो । भेलामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा धनकुटाका सचिवालय सदस्य तथा नगर प्रमुख वृर्ष बहादुर राइले १४ वर्ष सम्म देशमा सासन चलाएका काग्रेशले पाख्रिबासमा सिन्को नभाचेको अवस्थामा अहिले ३ वर्षको अवधिमा जनताको घरघरसम्म सडक पु¥याईसकेको जानकारी दिनु भयो । साथै उहाले ९८ करोडको पाख्रिबास सुनबालुवा सडक पिच भइरहेको र २२ करोड बारबर लागतमा मोटेरेवल पुल निर्माण, १ अर्वको अधेरी घाट सडक निर्माण, रिनटिन डाडा सडक खण्ड निमार्ण १ करोड र पाख्रबास बजारमा ढल निकासका लागि ३ करोड ८८ लाख का यस्ता योजना हरु धेरै सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

त्यस्तै ५ सय भन्दा बढी नगर भित्ररहेको उपभोक्ता समिति मार्फत पनि योजना सञ्चालन भइरहेको बताउनु भयो । उहाँले ४ नं वडाध्यक्ष सोवित निरौलाले पत्रकार सम्मेलन गरेर नगरको सेवा सुविधा नलिने वताएको भएपनि अहिले सेवा लिईरहेको नगर प्रमुख राईले वताउनुभयो । त्यस्तै गरी नेकपाका नगर इन्र्चाज नेत्रभण्डारीले नगरभित्र पार्टीको अध्यक्षलाई हटाइएको भन्ने पार्टी भित्रका अराजक तत्वहरुले फैलाएको भ्रमको पछिनलाग्न आग्रह गर्नु हुदै कहिले पनि सचिवले अध्यक्षलाई हटाउने कारबार्ही गर्ने व्यवस्था नरहेकाले पाटी भित्र अराजक गतिविधि गर्ने पार्टीका हित विपरित लागेका सचिवलाई कारबाही गरेको स्पस्ट पार्नु भयो ।

त्यस्तै नगरका नेकपा अध्यक्ष शान्तिराम गौतमले पार्टीभित्र अराजक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने वताउनुभयो । पाख्रिबास ४ नं वडाध्यक्ष निरौलाले जनताले दिएको भोटको अपमान गरेको नगर अध्यक्ष गौतमले आरोप लगाउनुभयो । उहाँले वडाध्यक्ष निरौलाले प्रचण्ड नेपाल पक्षमा लागेर जनताको मतको अपमान गरेको टिप्पणी गर्नुभयो । भेलाको स्वागत मन्तव्य ४ नं वडाका ईन्चार्ज गोपाल भट्राईले राख्नुभएको थियो भने सञ्चालन वडा नं ३ का वडा सदस्य तथा पार्टी ईञ्चार्ज सरोज राईले गर्नुभएको थियो ।

भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरुले आफनो विचार राखेका थिए । यता ४ नं वडाध्यक्ष निरौलाले भने नगरबाट लिएको सेवा सुविधाबाट आफुले विकास निर्माणको काम गरेको र त्यसको सम्पूर्ण विवरण आफु सँग रहेको वताउनुभयो । कार्यक्रमकै अवसरमा राप्राप परित्याग गरि पदम भण्डारी नेकपामा प्रवेश गर्नुभएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖