कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार यहाँ आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । “कर्णालीमा कुपोषणलगायतका थुप्रै रोग छन्”, उनले भने, “यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।”

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताए । उनले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वजित खड्काले सबै सरोकारवालाको एकीकृत कार्ययोजनाबाट कर्णालीको कुपोषण दर घटाउन सकिने बताए । यसका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ थियो ।अभिमुखीकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धी तथ्याङ्कीय प्रस्तुति राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।