ओली देउता होलान् भन्ठाँनेको थिए दावत पो रहेछन् : माधवकुमार नेपाल

धनकुटा,१ फागुन । नेपाल कम्यूनिष्ट पाटी (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीमा पाटी भावना, सामुहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाएका छन् ।

शनिवार धनकुटामा आयोजित प्रतिनिधि सभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्ध विरोध सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले केपी ओलीको खुट्टी देखेर पत्याए, तर मान्छे अगतिलो रहेको बताए । उहाँले भनु भयो ‘आफ्नै सन्तान कुसन्तान वने, ओली देउता होलान् भन्ठाँनेको थिए दावत पो रहेछन् ।’ विरोध सभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाई रहेको समेत नेता नेपालको भनाई थियो ।

‘ओलीलाई आफ्नो स्वार्थ वाहेक केहीको चिन्ता छैन ।’ पूर्वप्रधानमन्त्री नेपालले अहिले आम जनतामा सूर्य चिन्ह कता जान्छ भन्ने एकखालको अन्यौलता छाएको छ म विश्वास दिलाउन चाहान्छ नेकपाको सूर्य चिन्ह माधव नेपाल र पुष्पकमल दाहाल कहाँ हुन्छन त्यही सूर्य चिन्ह रहने वताउनुभयो । उहाँले निर्वाचन आयोग प्रति लक्षित गर्दै यदि विश्वास छैन भने हामीले नेकपाका तीन सय जना केन्द्रीय सदस्यलाई निर्वाचन आयोगमा नागरिक्ता सहित परेड खेलाउन तयार रहेको दावी गर्नुभयो । “ केपी ओली सँग पच्चिस प्रतिशत पनि केन्द्रीय सदस्य छैन हामी सँगै केन्द्रीय सदस्यहरु दुईतिहाई रहेको छ अनि सवाल उठछ कुन चाहि नेकपा आधिकारिक हो भनेर ” ।

अध्यक्ष नेपालले अहिले मुलुक रोईरहेको छ साराका सारा जनताले पुर्पुरोमा हात राखिरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री ओली भने उपरखुट्टी लगाएर वाँसुरी वजाईरहेको चर्चा गर्नुहुँदै नेपालको संविधानमा प्रधानमन्त्री संविधान भन्दा माथी नभएको दावी गर्नुभयो । उहाँले कस्ता कस्ता मै हुँ भन्नेलाई समेत तह लगाएको स्मरण गर्दै ओलीको कथित निरकुंशता सँग कोही पनि पछि नपर्ने वताउनुभयो । यसैगरि अध्यक्ष नेपालले रामकुमारी झाक्रीले राष्ट्रपतिको कदम प्रति वोलेको विषयलाई लिएर धरपकड गर्नु भनेको आन्दोलनकारीको नारी छाम्न खोज्नु भएको हो तर आन्दोलनकारीको तत्कालको विरोध र तागत देखे पछि केपी ओली लुरुक्क पर्दै खुरुक्क सात वर्ष होईन सात घण्टा पनि नवित्दै प्रहरी नियन्त्रणवाट छोड्नुपरेको वताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले केपी ओली एउटै परिवारको सदस्य भएपनि कु सन्तान भएको चर्चा गर्दै अहिले केपी ओली पीडितहरुको मोर्चा एकठाँउमा उभिएको वताउनुभयो । “ केपी ओली पहिला माओवादी देख्नै नसक्ने तर पछि प्रधानमन्त्री हुनकै लागि प्रचण्डको वुई चढेर प्रधानमन्त्री वन्नुभयो तर प्रधानमन्त्री वनेपछि भने प्रचण्डलाई फुत्त लात्ताले हानेर फालिदिए त्यसपछि मात्र प्रचण्ड ट्वाँ पर्नुभएको हो ” ।यसैगरि पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले असली नेकपा दाहाल नेपालले नेतृत्व गरेको पार्टी नै वैधानिक भएको र यो नै असली पार्टी हो भनेर डीएनए गर्न आवश्यक नभएको वताउनुभयो ।

स्थायी कमिटी सदस्य पुनले प्रधानमन्त्री ओली अहिले निरकुशता उन्मुख भएको दावी गर्दै सरकार सञ्चालनमा असफल भएपछि पछिल्लो कदम उठाएको चर्चा गर्नुभयो । नेकपाकै स्थायी कमिटि सदस्य एवं प्रदेश इञ्र्चाज भीम आचार्यले केपी ओलीमा दम्भ र अहमताको विकास भएको र अहिले आफु पृष्ठभूमी नै विर्सेर असम्वैधानिक कदम चालेको वताउनुभयो । यसैगरि नेकपाकै केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी ओली कागजी निरकुंश भएको वताउनुभयो ।

नेकपा जिल्ला कमिटि धनकुटाका सचिव ऋषीराम ढुंगानाको अध्यक्षतामा सम्पन्न विरोध सभामा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष घनेन्द्र वस्नेत, केन्द्रीय सदस्य हेमराज भण्डारी ,प्रदेश सचिव सुरेस राई, नेकपा धनकुटाका प्रचार विभाग प्रमुख अर्जुन राई लगायतकाले वोल्नुभएको थियो । विरोध कार्यक्रममा नवीन खड्का र आधुनिक देवानले गायन प्रस्तुत गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖