मालपोतका कर्मचारीलाई व्यंग्य गर्दै सचिवले भने- कुखुराको फिला र अंग्रेजी पानीतिर नलाग्नुस्

सुर्खेत, फागुन २ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गरे।

‘आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन,’ कर्मचारीप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला।’

हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीलाई निर्देशन दिए।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताए। यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उनको भनाई थियो।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो। शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ।’ कर्मचारीलाई सावधानी अपनाएर काम गर्न उनले सचेत गराए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।