डिजेल, पेट्रोलको मूल्य ६ दिनमै फेरि बढ्यो, निगम भन्छ : अझै घाटामा छौं

काठमाडौं, एक हप्ता नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल पेट्रोल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

निगमले माघ २८ गते पनि मूल्यवृद्धि गरेको थियो।

निगमले अन्तर्राष्ट्रिय बजार भाउमा वृद्धि भएको र इण्डिन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ।

निगमका अनुसार पेट्रोल अब प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजेल ९७ रुपैयाँ प्रतिलिटर पुगेको हो। त्यसैगरी हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमका अनुसार नेपाल आयल निगमलाई अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ घाटा रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।