देशमा देशी बिदेशीको चलखेल हुन सक्छ : नेता भण्डारी

धनकुटा,५ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले अहिलेको अवस्थामा निर्वाचन र संसद पुन स्थापनाका दुबै विकल्पमा जादाँ पनि समस्या हरेको बताउँनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता भण्डारीले यस्तो बताउँनु भएको हो । उहाँले अहिले देश ज्यादै अप्ठेरो अवस्थामा रहेको बताउँदै निर्वाचन वा संसदपुन स्थापनामा जादै गर्दा पनि देशमा ठूलो समस्या आउने भन्दै नेपाली कांग्रेसले यस बिषयमा जनता लाई सजक सचेत बनाउँने जिम्वेवारी लिनु पर्ने बताउँनु भएको हो । साथै उहाँले राज्यको कुनै धर्म नभए पनि संविधान लेख्दै गर्दा देश भरि बाट हिन्दु धर्मको बिषयमा आएको ८० प्रतिशत जनमत लाई सम्मान गर्नु पर्ने बताउँनु भयो ।

कार्यक्रमा बोल्दै केन्द्रिय सदस्य सिता गुरुङ्गले संसद पुन: स्थापनाका नभए निर्वाचन हुने भएकोले त्यसको समेत अब तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्नु भयो । साथै अहिलेको अवस्था आउन नेकपाका दुवै समुह दोषी रहेका बताउँदै नेपाली जनताको पक्षमा नेपाली कांग्रेसका रहेको बताउँनु भयो । कार्यक्रमा धन्यवाद ज्ञापन गर्दै नेपाली कांग्रेसका धनकुटाका कोषध्यक्ष दिनेश राईले धनकुटामा कांग्रेस हारे पनि नथाकेको भन्दै आगामी दिनका धनकुटामा कांग्रेस लाई ससतm बनाउने बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस धनकुटाका कार्यवहाक सभापती नविनकिशोर शाक्यले कांग्रेस अहिले धनकुटामा संगठन विस्तार लागेको बताउँदै कांग्रेस ससतm हुदै गएको धारण राख्नु भएको थियो । कार्यक्रको संचालन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले गर्नु भएको थियो । कार्यक्रमा नेपाली कांग्रेसका भातृ तथा शुभेक्षुक संगठन, नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।