“बरपिपल चौतारी” सार्बजनिक
धनकुटा । पूर्बी पहाडी जिल्ला धनकुटाका उदायमान प्रतिभाशाली कलाकारहरुको जमघाट गराएको छ “बरपिपल चौतारी” ले ।
सुखकला राई र उषाकला राईको शब्दमा उषाकला राईको संगीत रहेको यस पूर्बेली लोकगीतमा सुखकला राई,स्वर्णिम राई,चन्द्रदीप राई र रबिन राईको स्वर रहेको छ ।
भुवन डंगोलको एरेन्ज रहेको गीतलाई भावना डिजिटल स्टुडियो धरानमा रिकार्ड गरिएको हो ।
प्रशान्त सुन्दासको सम्पादन रहेको भिडियोमा कोरियोग्राफ तथा निर्देशन उसिन यसमाइलको रहेको छ ।
अभिनय तर्फ भने उसिन यस्माइल र सुमन योगीको जोडीलाई देख्न सकिन्छ भने सह कलाकारहरुमा मालती गादल,शुष्मा तामॉंग,लक्ष्मी तामॉंग,प्रतिमा मगर,रोशनी राई,उपेन तामॉंग, सुवास तामॉंग,रबिन तामॉंग,मन कुमार तामॉंग र निखिल तामॉंग रहेका छन् ।


